Main News

सरकारले अब कोरोना बीमा नगर्ने

हिमालय टिभी
२०७८ वैशाख १८ गते ८:५७
सरकारले अब कोरोना बीमा नगर्ने

१८ वैशाख २०७८ काठमाडौं । सरकारले अब कोरोना बीमा नै नगर्ने भएको छ । एक वर्षका लागि जारी गरिएको बीमालेखको अवधि पुरा भएकोले नयाँ बीमालेख जारी नगर्ने बीमा समितिले जनाएको छ ।

पहिलो बीमालेख चैतमसान्तमा सकिएको र दोस्रो बीमालेख असार मसान्तमा सकिन लागेकाले नयाँ बीमा नगर्न लागिएको हो । चैतमसान्तसम्म कोरोना संक्रमण भएर माग दाबी गरेका र प्रक्रिया पुरा भएकाहरुले भने भुक्तानी पाउने समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिनुभयो ।

हालसम्म ६ अर्ब ६४ करोड ५२ लाख ७५ हजार बराबरको कोरोना बीमा प्रमाणित भएको समितिले जनाएको छ । १३ हजार ९ सय ६२ माग दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणीकरणका लागि पठाइएको छ ।

सरकारले थप रकम नदिएको भन्दै बीमा कम्पनीहरुले कोरोना बीमा दाबी भुक्तानीमा ढिलाइ गरिरहेका छन् । कागजात पुरा भए पनि कोरोना बीमा पाउन कम्पनीहरुले सास्ती दिने गरेको आरोप सर्वसाधारणले लगाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *