Main News

श्रमजीवी मजदुरका लागि राहतका कार्यक्रम ल्याउन सभामुखको सुझाव

हिमालय टिभी
२०७८ वैशाख १८ गते ६:४८
श्रमजीवी मजदुरका लागि राहतका कार्यक्रम ल्याउन सभामुखको सुझाव

१८ वैशाख २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीको चपेटामा परेका श्रमजीवी मजदूर वर्गका लागि राज्यका तर्फबाट विशेष राहतको कार्यक्रम ल्याउन आग्रह गर्नुभएको छ ।

एक सय ३२ औँ मजदूर दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले कोरोनाका कारण उत्पन्न विषम परिस्थितिले देशभित्रका लाखौंँ श्रमिक खाली बस्नुपर्ने अवस्था सिर्जना भएकाले तत्काल उचित कार्यक्रम ल्याउन आग्रह गर्नुभएको हो ।

श्रमिक वर्गका अगाडि कोभिड–१९ सँगै भोकमरीबाट बाँच्नुपर्ने चुनौती थपिएको जनाउँदै सभामुख सापकोटाले रोजगारी गुमाएर स्वदेश फर्किएका हजारौँ नेपाल श्रमिकको व्यवस्थापनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *