Main News

कोरोना संक्रमण फैलनुमा सरकार जिम्मेवार रहेको कांग्रेसको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १७ गते १९:१३
कोरोना संक्रमण फैलनुमा सरकार जिम्मेवार रहेको कांग्रेसको आरोप (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमण फैलनुमा सरकार जिम्मेवार रहेको आरोप लगाएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले विगतका गल्तीबाट पाठ नसिकेको र कसैका सल्लाह पनि नमानेको कांग्रेसको ठहर छ । पत्रकार सम्मेलन गरी कांग्रेसले कोरोना नियन्त्रणमा सरकारको भूमिका प्रभावहीन भएको निष्कर्ष सार्वजनिक गरेको हो ।

सरकारले निषेधाज्ञा लगाएकोमा समेत कांग्रेसले प्रश्न उठाएको छ । सरकारले काम नगरेकै कारण सरकारले जिल्लामा जिल्लामा लकडाउन गरेको कांग्रेस सभापति देउवाको आरोप छ ।

देउवाले अहिलेको अवस्थाबाट मुक्ति पाउन सरकारलाई ११ बुँदे सुझाव पनि दिनुभएको छ । तत्काल अक्सिजन र भेन्टिलेटरको यथेष्ट आपूर्ति गर्न, आवश्यक बेड, आईसीयू लगायतका स्वास्थ्य पूर्वाधार, औषधि र अन्य आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

सीमामा पीसीआर परिक्षण र नतिजा नआउँदासम्म होल्डिंग सेन्टरमा राख्न र संक्रमित देखिएमा आईसोलेशन केन्द्रमा राख्ने व्यवस्था गर्न पनि कांग्रेसको माग छ ।

पीसीआर परीक्षण ब्यापक बनाउन,जनशक्ति अभाव हुन नदिन, खोप लगायत अत्यावश्यक स्वास्थ्य सामाग्रीको आपूर्तिका लागि प्रभावकारी कुटनैतिक पहल गर्न समेत उसले सरकारलाई सुझाव दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *