Main News

१५ वर्षअघि धौलागिरिमा हराएको हेलिकोप्टर र दुई जनाको शव फेला (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १७ गते १७:४२
१५ वर्षअघि धौलागिरिमा हराएको हेलिकोप्टर र दुई जनाको शव फेला (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७८ काठमाडौं । धौलागिरी हिमालमा १५ वर्षअघि हराएको एउटा हेलिकोप्टर र दुईवटा शव फेला परेको छ ।

नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२१’अन्तर्गत फोहोर संकलन गर्ने क्रममा सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी कम्पनीको हेलिकोप्टर फेला परेको हो ।

नाइन एन ए सीआर कलसाइनको हेलिकोप्टर र त्यसमा सँगै २ शव पनि भेटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सफाइ कर्मचारीले धौलागिरि बेस क्याम्प नजिकै ती शव र क्षतविक्षत अवस्थामा हेलिकप्टर भेटाएका थिए । मृतकको पहिचान खुल्न नसकेकाले छानबिन भइरहेको सैनिक प्रवक्ता सन्तोषबल्भव पौडेलले जानकारी दिनुभयो ।

हेलिकप्टरसँगै भेटिएको शवको व्यवस्थापन गर्न सम्बन्धित निकायसँग छलफल भइरहेको समेत सेनाले जनाएको छ । सगरमाथासहित ६ वटा हिमालको सफाइ गर्न सैनिक टोली खटाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *