Main News

पत्रकारहरुलाई महासंघ अध्यक्ष विपुल पोखरेलको यस्तो अनुरोध (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १७ गते १७:२१
पत्रकारहरुलाई महासंघ अध्यक्ष विपुल पोखरेलको यस्तो अनुरोध (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७८ काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले स्वास्थ्य सतर्कताका मापदण्ड पालना गरेर कार्यक्षेत्रमा खटिन पत्रकारलाई अनुरोध गर्नुभएको छ ।

जस्तोसुकै समस्या र जोखिममा पनि काम गर्नुपर्ने क्षेत्र भए पनि महामारीको समयमा आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्न उहाँले संचारकर्मीलाई सुझाव दिनुभएको छ ।

अध्यक्ष पोखरेलले जोखिमको समयमा काम गरिरहेका पत्रकारलाई कामबाट निकालिने , विस्थापित हुनुपर्ने अवस्था दोहरिन नदिन महासंघले काम गरिरहेको पनि बताउनुभयो ।

अध्यक्ष पोखरेलले कोरोनाका कारण देखाएर कुनैपनि श्रमजीवी पत्रकारलाई कामबाट निकाल्ने, पारिश्रमिक लगायत सेवा सुविधा नदिने जस्ता काम नगर्न सञ्चारगृहलाई आग्रह गर्नुभयो । उहाँले कोभिड संक्रमण देखा परेका पत्रकारका लागि उपचार गराउन निश्चित अस्पतालको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभएको छ ।

पत्रकारका लागि तत्काल गर्नुपर्ने काम र दिगो व्यवस्थापनको क्षेत्रमा काम गर्न पत्रकार महासंघले समिति नै बनाएर काम अघि बढाएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *