Main News

कोरोना संक्रमित पूर्व रानी कोमल आईसीयूमा, प्लाज्मा थेरापी उपचार शुरु

हिमालय टिभी
२०७८ वैशाख १७ गते १३:१५
कोरोना संक्रमित पूर्व रानी कोमल आईसीयूमा, प्लाज्मा थेरापी उपचार शुरु

१७ वैशाख २०७८ रुपन्देही । कोरोना संक्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ ।

श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आईसीयूमा सारिएको शाहलाई हिजो प्लाज्मा थेरापीबाट उपचार थालिएको हो ।

शाहलाई आज पनि हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।

अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उहाँ पनि अक्सिजनकै सामान्य सपोर्टमा हुनुहुन्छ । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ ।

उहाँलाई अक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालले जनाएको छ । उहाँहरु तीनै जना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *