पर्साको वीरगञ्जमा गरिएको परीक्षणमा थप १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि

१७ वैशाख २०७८ पर्सा । पर्साको वीरगञ्जमा गरिएको परीक्षणका क्रममा थप १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमितमध्ये ४४ जना महिला छन् ।
हिजो पीसीआर प्रयोगशालामा २ सय ८८ जनाको स्वाब नमुना संकलन गरिएको थियो । पर्साका १ सय ३१ जना, बाराका ३४ जना, रौतहटका ३ जना, सर्लाहीका ५ जना, महोत्तरी र दाङका १र१ जनामा संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ ।
१० वर्षदेखि ७२ वर्षका संक्रमितको सीटी भ्यालु १४दशमलव २ देखि ३५ दशमलव २ रहेको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।
यस्तै वीरगञ्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
वीरगञ्जको दुई जना महिला र बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका एक जना पुरुषको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।
प्रतिक्रिया