Main News

केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना

हिमालय टिभी
२०७८ वैशाख १७ गते ९:०४
केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना

१७ वैशाख २०७८ काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको हुँदा केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

महाशाखाले आईतबार सम्म नै मौसम बदली हुने र वर्षा हुने सम्भावना रहेको जनाएको छ । वर्षा भएपछि पहाडी क्षेत्रका किसान खुशी भएका छन् ।

अधिकांश स्थानमा वर्षा नहुँदा मकै छर्न नपाएका किसानलाई पानी परेपछि राहत मिलेको छ । आकाशे पानीको भरमा खेति गर्न बाध्य किसान मकै छर्ने तयारीमा जुटेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *