Main News

लुम्बिनी प्रदेशका चार जना जसपा सांसद पदमुक्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १६ गते १९:३०
लुम्बिनी प्रदेशका चार जना जसपा सांसद पदमुक्त (भिडियो रिपोर्टसहित)

१६ वैशाख २०७८ बुटवल । लुम्बिनी प्रदेश सरकारमा मन्त्री भएका जनता समाजवादी पार्टी (जसपा)का सांसद पदमुक्त भएका छन्।

प्रदेश सचिवालयले आज सूचना प्रकाशित गरेर मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी जसपाका चार जना सांसद पद मुक्त भएको जानकारी दिएको हो ।

जसपाले पार्टी परित्याग गरेको भनि दिएको जानकारी अनुसार सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि जसपाले चारैजनालाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी निस्कासन गरेको थियो । हाल प्रदेश सभा बैठक चालु नरहेकाले सांसद पदमुक्त भएको सूचना टाँस गरिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जनाउनु भएको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चारजना सांसद मन्त्री बनेका थिए । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकै दिन उनीहरुले मन्त्रीको शपथ लिएका थिए ।

सांसदसँगै चारैजना मन्त्रीपदबाट पनि मुक्त भएका छन् । मन्त्री बन्न उनीहरुले पुनह सपथ लिनु पर्नेछ । भावि सत्ता समिकरणलाई लिएर जसपामा तिब्र विवाद चलिरहेको छ ।

अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो एमालेसँग मिलेर अघि बढ्नुपर्ने पक्षमा हुनुहुन्छ । तर अध्यक्ष बाबुराम भट्टराइ र उपेन्द्र यादव भने विपक्षी दलसँग मिलेर ओली सरकार ढाल्नुपर्ने अडानमा रहनु भएको छ ।

लुम्बिनी प्रदेशमा भट्टराइ र यादव पक्ष हावि भएको छ । कारवाहीमा परेका चार मध्ये तीनजना सांसद यादव नेतृत्वको तत्कालिन समाजवादी जनता पार्टीका हुन् । त्यसअघि जसपाको पदाधिकारी बैठकमा मन्त्री बनेका सांसदलाई कारवाही गर्न अध्यक्ष भट्टराइ र यादवले राखेको प्रस्ताव अध्यक्ष ठाकुरले अश्विकार गर्नुभएको थियो ।

चारैजना ठाकुरकै निर्देशनमा मन्त्री बन्न गएको बताइएको छ । यसअघि लुम्विनी प्रदेशमा एमालेमा लागेका माओवादी केन्द्रका दुई जना सांसद पदमुक्त भएका थिए । ८७ सदस्यीय प्रदेशसभामा यसअघि ८५ जना थिए । आजको कारवाहीसँगै प्रदेशसभा ८१ सदस्यीय भएको छ । बहुमतका लागि अब ४२ सदस्य चाहिने भएको छ ।

मुख्यमन्त्रीविरुद्धको अविस्वास प्रस्तावमा ४२ जनाले हस्ताक्षर गरेका थिए । तर तीनजना घटेकाले प्रस्ताव पारित हुन अझै चारजना सांसद आवस्यक हुनेछ । प्रस्तावमा निर्णयका लागि १९ गते प्रदेशसभा बैठक बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *