Main News

आज देशका अधिकांश स्थानमा मौसम बदली रहने

हिमालय टिभी
२०७८ वैशाख १६ गते ९:२५
आज देशका अधिकांश स्थानमा मौसम बदली रहने

१६ वैशाख २०७८ काठमाडौं । जल तथा मौसम पूर्वानुमा महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम बदली रहने जनाएको छ ।

महाशाखाले आज दिनभर आंशिकदेखि सामान्य बदली रहने बताएको हो ।महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागहरूमा मौसम सफा छ।

मौसम सम्बन्धी बुलेटिन जारी गर्दै महाशाखाले आज दिउँसो तराईका भू–भागमा आंशिक बदली र पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरेको छ ।

अपराह्नतिर देशका पहाडी भू–भागका थोरै स्थान र तराईका एक–दुई स्थानहरुमा मेघगर्जन तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको पनि बुलेटिनमा उल्लेख गरिएको छ।

राति देशका तराईका भू–भागमा आंशिक बदली र पहाडी भू–भागमा सामान्य बदली रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *