Main News

रुपन्देहीमा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख १६ गते ८:५८
रुपन्देहीमा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु

१६ वैशाख २०७८ बुटवलं । रुपन्देहीमा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीको बुटवलका दुई पुरुष र मायादेवी गाउँपालिकाकी एक महिलाको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

बुटवल–११ का ३१ वर्षीय पुरुषको आज बिहान साढे दुई बजे र बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान पौने तीन बजे मृत्यु भएको हो ।

यस्तै मायादेवीकी ७२ वर्षीया महिलाको बिहान ३ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १८४ पुगेको छ ।

जिल्लामा २२ सय १२ जना सक्रिय संक्रमित छन् । हिजो मात्रै रुपन्देहीमा ३ सय ८० जना नयाँ संक्रमित थपिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *