Main News

कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन किन गरियो स्थगित ?

हिमालय टिभी
२०७८ वैशाख १६ गते ८:५२
कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन किन गरियो स्थगित ?

१६ वैशाख २०७८ काठमाडौं । सरकारले काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने काम स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले आजदेखि भेरोसेल खोप लगाउने काम स्थगित गरेको हो ।

काठमाडौंमा खोप आज पनि निरन्तर सन्चालन गर्ने भनिएकोमा अब केही समयका लागि स्थगित गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनश्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।

सूचनामा खोप लगाउने काम किन स्थगित गरिएको हो भन्ने उल्लेख गरिएको छैन । तर खोप लगाउने स्थानमा भएको अव्यवस्थित भिडभाडले संक्रमणको जोखिम बढाएको थियो ।

भेरोसेल खोपको आठ लाख डोज चीनले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको थियो ।

दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको थियो । यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *