Main News

शहरमा निषेधाज्ञा भएपछि घर जानेको लर्को ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १५ गते २०:४१
शहरमा निषेधाज्ञा भएपछि घर जानेको लर्को ! (भिडियो रिपोर्टसहित)

१५ वैशाख २०७८ काठमाडौं । सरकारले भोलिदेखि काठमाडौंमा निषेधाज्ञा लागू गर्ने भएपछि आज पनि घर फर्कनेको भीड देखिएको छ । घर फर्कन बसपार्क पुगेका यात्रुले टिकट नपाएको र टिकट पाए पनि महँगो भएको गुनासो गरेका छन् ।

मंगलबार जस्तै बधुबार पनि काठमाडौंको गंगबुँस्थित नयाँ बसपार्कमा भीड देखियो ।

यसरी काठमाडौं छोड्नेको भीड बसपार्कमा मात्र छैन । उपत्यका बाहिरिने पूर्वी नाका सूर्यविनायकमा पनि यस्तै भीड छ । कलंकीमा पनि स्थिति उस्तै छ ।

उपत्यका बाहिरिने मुख्यमुख्य नाकामा घर फर्कनेको लर्को छ ।सरकारले बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा लागू गरेपछि उपत्यका छाडेर मानिस गाउँ फर्केका हुन् । एकै पटकमा धेरै जनाले काठमाडौं छाडेर गाउँ फर्कन चाहेकाले टिकट पाउनसमेत समस्या छ ।

लामो दूरीका सवारी साधन थोरै भएका कारण टिकट अभाव भएको हो । टिकट पाएका पनि महँगोमा परेका छन् ।

काठमाडौं छाड्ने मात्र हैन, काठमाडौं बाहिरका शहर छाडेर गाउँ फर्कनेको पनि उस्तै लर्को छ । लुम्बिनी प्रदेशको राजधानी बुटवलमा पनि निषेधाज्ञा लाग्ने भएपछि यहाँको बसपार्कमा पनि पहाडी जिल्लामा जाने यात्रुको उस्तै भीड छ ।

चाहे काठमाडौं होस् वा बुटवल । घर फर्कनेमा काम वा अध्ययनका शिलशिलामा शहरी क्षेत्रमा बस्दै आएकाहरु छन ।

निषेधाज्ञा लागू भएपछि काम नहुने र काम नभएपछि बिहान बेलुकीको छाक टार्न मुस्किल भएकाले घर फर्कनुपर्ने बाध्यता उनीहरुमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *