Main News
सत्तारुढ एमालेले प्रदेशसभा सदस्य शाहीलाई सम्पर्कविहीन बनाएको आरोप
२०७८ वैशाख १५ गते १९:११

१५ वैशाख २०७८ पोखरा । नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाहीलाई सत्तारुढ एमालेले सम्पर्कविहीन बनाएको आरोप लगाएका छन् ।
शाही सम्पर्कविहीन भएपछि संचार माध्यमलाई प्रतिक्रिया दिँदै उनीहरुले सरकार र सत्तारुढ एमालेमाथि हमला गरेका हुन् ।
माओवादी केन्द्रका सांसद दीपक कोईरालाले यस्ता गतिविधिमा एमाले नै जिम्मेवार रहेको आरोप लगाउनुभयो ।
कांग्रेस सांसद मेखलाल श्रेष्ठले सत्ताले अति र अनौठो गरेको टिप्पणी गर्नुभयो ।
सत्तारुढ नेकपा एमालेले भने संसद स्थगन भएकोमा आपत्ति जनाएको छ । उसले सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
प्रतिक्रिया