Main News

नेपालमा थप ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७८ वैशाख १५ गते १६:३६
नेपालमा थप ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि

१५ वैशाख २०७८ काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१३८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।

पछिल्लो एक दिनमा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपिएका छन् ।

हाल देशभर संक्रमितको संख्या ३० हजार २ सय ९ रहेको छ। जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *