Main News

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा आजै निर्णय हुने

हिमालय टिभी
२०७८ वैशाख १५ गते १४:५०
गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा आजै निर्णय हुने

१५ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आज निर्णय हुने भएको छ ।

सोमबारदेखि शुरु भएको प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा प्रस्ताव सम्बन्धमा छलफल भई मुख्यमन्त्री गुरुङले जवाफ दिनुहुनेछ । मुख्यमन्त्रीले जवाफ दिएपछि सो प्रस्तावमाथि निर्णय गरिने कार्यसूची छ ।

मङ्गलबारको बैठकमा नेकपा(एमाले)का प्रदेशसभासद्ले कोरोना परीक्षण नगरी बैठक बस्न नहुने जनाई अवरोध गरेपछि बैठक स्थगन भएको थियो ।

परीक्षण सम्बन्धमा सहमति जुटेपछि प्रदेशसभा सदस्य एवम् कर्मचारीको पिसिआर परीक्षणपछि आजको बैठक शुरु भएको हो । बैठकमा प्रस्ताव सम्बन्धमा छलफल चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *