Main News

एमाले प्रवेश गरेका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त

हिमालय टिभी
२०७८ वैशाख १५ गते १४:३५
एमाले प्रवेश गरेका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त

१५ वैशाख २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य जितेर एमाले प्रवेश गरेका चन्द्रबहादुर खड्काको सांसद पद खारेज भएको छ ।

खड्कालाई सांसदबाट हटाउन माओवादी केन्द्रले बुझाएको पत्र संघीय संसद् सचिवालयले स्वीकृत गरेको हो । खड्का माओवादी केन्द्रबाट २०७४ सालमा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

माओवादी केन्द्रको संसदीय दल बैठकले खड्काले दल त्याग गरेको भन्दै पद रिक्त गराइदिने प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई पत्र पठाएको थियो ।

यसअघि माओवादी केन्द्रले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा र अन्य चार नेतालाई पनि सांसदबाट हटाएएको थियो ।

माओवादी केन्द्रबाट प्रतिनिधिसभामा निर्वाचित लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी पदमुक्त भैसक्नुभएको छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएर नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि माओवादीका पाँच सांसद एमालेतिर लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *