Main News

बागमती प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, केही मन्त्री र राज्यमन्त्री थपिँदै

हिमालय टिभी
२०७८ वैशाख १५ गते १३:२०
बागमती प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, केही मन्त्री र राज्यमन्त्री थपिँदै

१५ वैशाख २०७८ मकवानपुर । बागमती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।

पौडेलको विस्तारित मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी नुवाकोटका केशवराज पाण्डेलाई दिइएको छ ।

त्यस्तै उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीमा सरेश नेपाल र सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत हुनुहुन्छ ।

डाक्टर रामकुमार अधिकारी सामाजिक विकास राज्यमन्त्री बन्ने तय भएको छ । नवनियुक्त मन्त्रीलाई दिउँसो ४ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइले शपथ गराउने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *