Main News

कोरोना नियन्त्रणका लागि दश जिल्लामा पूर्ण र ३ जिल्लामा आंशिक निषेधाज्ञा

हिमालय टिभी
२०७८ वैशाख १५ गते ७:३०
कोरोना नियन्त्रणका लागि दश जिल्लामा पूर्ण र ३ जिल्लामा आंशिक निषेधाज्ञा

१५ वैशाख २०७८ काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि १० जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले शहरी क्षेत्रमा ५ सय र पहाडमा २ सय जना सक्रिय संक्रमित भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने निर्णय गरेको थियो ।

त्यही निर्णयमा टेकेर स्थानीय प्रशासन ऐनमा भएको व्यवस्थाअनुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लगाउने आदेश जारी गरेका छन् ।

गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार अहिलेसम्म ११ जिल्लामा पूर्ण र दुई जिल्लामा आंशिक निषेधाज्ञा छ । काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा र सुर्खेतमा पूर्ण निषेधाज्ञा छ ।

कास्कीमा पनि निषेधाज्ञा छ, सवारीसाधनमा जोर–विजोर प्रणाली लगाइएको छ । बर्दिया, बाग्लुङ र कालिकोटमा चाहिँ आंशिक निषेधाज्ञा छ ।

चितवनमा पनि सक्रिय संक्रमित संख्या ५ सय पुगिसकेको छ, तर प्रशासनले कुनै आदेश जारी गरिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *