Main News

कोरोना संक्रमणबाट बाँकेमा मात्रै २४ घण्टामा दश जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख १५ गते ७:२३
कोरोना संक्रमणबाट बाँकेमा मात्रै २४ घण्टामा दश जनाको मृत्यु

१५ वैशाख २०७८ बाँके । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा बाँकेमा १० जनाको मृत्यु भएको छ ।

उपचारका क्रममा भेरी अस्पतालमा ७ जना र नेपालगन्ज मेडिकल कलेजमा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुने मध्ये ७ जना बाँके र ३ जना दाङका छन् ।

कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुमा २१ बर्ष देखि ७२ बर्ष सम्मका छन । यो संगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेहरुको संख्या ९७ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारकालागि बाँकेका अस्पतालमा भर्ना भएका मध्ये १ सय ८ जनाको मृत्यु भएको छ ।

संक्रमण तिब्र गतिमा फैलिएर बिरामीको संख्या बढ्दै गएका कारण मृत्यु दर पनि बढ्दै गएको हो । संक्रमणबाट मृतकको संख्या बढेसंगै नेपाली सेनालाई शबको ब्यबस्थापन गर्न पनि हम्मेहम्मे पर्न थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *