Main News

खोप केन्द्रबाटै संक्रमण फैलिने खतरा, हेर्नोस यस्तो बेहाल छ खोप केन्द्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १५ गते ६:०४
खोप केन्द्रबाटै संक्रमण फैलिने खतरा, हेर्नोस यस्तो बेहाल छ खोप केन्द्र (भिडियो रिपोर्टसहित)

१५ वैशाख २०७८ काठमाडौं । काठमाडौंबाट धेरै नागरिक बाहिरिदा सरकारको उद्देश्य पुरा होला ? के सरकारले काठमाडौंबाटै धेरै मानिस बाहिर जाउन भन्ने चाहेको हो । हामीले गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालसँग यही विषयमा कुराकानी गरेका छौं । दाहाललाई हामीले धेरै मानिस बाहिर गएर कोरोना संक्रमण नियन्त्रण होला भनेर सोधेका छौं–

१४ वैशाख २०७८ काठमाडौं । कोरोना विरुद्धको खोप लगाउन तोकिएका केन्द्रमा अहिले भीड छ । खोप केन्द्रमा सामाजिक दुरीको पालना भएको छैन भने कतिपय स्थानमा झगडा नै हुन थालेको छ । खोपको लाइनमा बसेकाहरुमै कोरोना संक्रमणको जोखिम पनि देखिएको छ ।

कोरोनाविरुद्धको खोप लगाउनेको संख्या बढेसँगै खोप केन्द्रहरुमा दिनहुँ देखिने दृश्य हो यो । खोप केन्द्रमा यसरी भिडभाड हुनु सामान्य होइन । किनकी दृश्यले खोप लगाएर संक्रमणबाट जोगिन आएको हो कि संक्रमण फैलाउन भन्ने प्रश्न उठ्छ किनकी यहाँ स्वास्थ्य मापदण्डको पालना भएको छैन ।

खोप लगाउनकै लागि एकअर्कोमा ठेलमठेल मात्रै होइन झगडानै गर्नुपर्ने अवस्था छ ।

मिलेर लाम बस्न आग्रह गर्दा पनि खोप लगाउनेहरु नै बस्न मान्दैनन् ।

खोप केन्द्रमा राम्रोसँग बस्ने व्यवस्था छैन । विश्व स्वास्थ्य संगठनले नै खोप केन्द्रमा दुई मिटरको दुरी कायम हुनुपर्ने, मास्कको अनिवार्य प्रयोग हुनुपर्ने, स्वयंम सेवकले सेवकले भौतिक दूरी कायम गरेर पालो पर्खन लगाएर खोप लगाउन जान व्यवस्था गर्नु भनेको छ ।

जेष्ठ नागरिकलाई विशेष प्राथमिकता दिनुपर्ने पनि खोप सेसन व्यवस्थापन प्रोटोकलमा छ । तर यहाँ त्यस्तो व्यवस्था र अवस्था दुवै देखिन्न । खोप केन्द्रमा घण्टौ कुर्दा समेत खोप लगाउन नपाएर फर्कनु पर्ने पनि अवस्था छ ।

यसरी खोप केन्द्रमा जिम्मेवार निकाय र नागरिक मापदण्ड पालना नगरेको दृश्यले सरकार र नागरिकको गैरजिम्मेवारीपन र लापर्वाही प्रष्ट हुन्छ । यसले कोरोना संक्रमणको जोखिम झन बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *