चिकित्सक र स्वास्थ्यकर्मीलाई विदा नदिन र विदामा रहेकालाई बोलाउन निर्देशन

१४ वैशाख २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन निर्देशन दिएको छ।
मन्त्रालयको आज बसेको सचिवस्तरीय बैठकले कोभिड १९ संक्रमणको दोस्रो लहर फैलिएका कारण लामो विदा बसेका स्वास्थ्यकर्मी र कर्मचारीलाई पनि तत्काल बोलाउन निर्देशन दिएको हो ।
मन्त्रालयले अस्पतालमा कार्यरत जनशक्तिमध्ये ५० प्रतिशतको पालो निर्धारण गरेर सेवा दिने व्यवस्था मिलाउन, अस्पतालको स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भए तत्काल पुर्ति गर्न, स्वीकृत जनशक्ति भएको र थप जनशक्ति आवश्यक भएमा ५ महिनाको लागि करार सेवामा लिन पनि निर्देशन दिएको छ।
संक्रमित बिरामीको संख्याको आधारमा बहिरङ्ग सेवा, इलेक्टीभ सर्जरी,अस्पतालको बेड, जनशक्ति लगायतका सेवा हाललाई स्थगित गर्ने पनि भनेको छ ।
आकस्मिक सेवा सुनिश्चित गर्न पनि स्वास्थ्य मन्त्रलायले अस्पतालहरुलाई अपील गरेको छ ।
प्रतिक्रिया