४५२४ जना कोरोना संक्रमित थपिए, काठमाडौंमा सबैभन्दा धेरै, १८ जनाको मृत्यु
१४ वैशाख २०७८ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कुल ४ हजार ५ सय २४ जना कोरोना संक्रमण थपिएका छन्य १८ जनाको मृत्यु भएको छ ।
१५ हजार ६ सय ८१ जनाको पीसीआर परीक्षणबाट यो संख्यामा संक्रमित थपिएका हुन्। हिजो मात्र कोरोनाबाट १४ जनाको मृत्यु भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १४ हजार ६७२ जनाको पीसीआर र एक हजार ९ जनाको एन्टीजेन परीक्षणमा चार हजार ५२४ जनालाई संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख ७ हजार ९२५ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा करिब दुई हजार कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया २६ हजार २२५ पुगेको छ। देशभर ५८ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज देशभर ३१५ जना आइसीयुमा र ८४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया