Main News

केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउने विषयमा शीर्ष नेताहरुबीच विवाद

हिमालय टिभी
२०७८ वैशाख १४ गते १६:३७
केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउने विषयमा शीर्ष नेताहरुबीच विवाद

१४ वैशाख २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपाका शीर्ष नेताबीच केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउने विषयमा विवाद भएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको शीर्ष नेताको अनौपचारिक छलफलमा केन्द्रीय कार्यकारिणी बैठक बोलाउने वा नबोलाउने भन्ने बिषयमा विवाद भएको हो ।

बैठक बोलाएर सरकारका विषय निर्णय गर्नुपर्ने बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईको प्रस्ताव महन्थ ठाकुर र राजेन्द्र महतोले अस्वीकार गर्नुभएको छ । विवादका कारण बैठक कुनै निष्कर्षमा पुग्न नसकेको एक नेताले जानकारी दिएका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले नयाँ गठबन्धनबारे जसपाको औपचारिक निर्णय मागेका छन् । तर जसपाले निर्णय गर्न सकेको छैन । जसपामा ठाकुर र महतो केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा हुनुहुन्छ भने भट्टराई र यादव ओलीविरुद्धको गठबन्धनको पक्षमा हुनुहुन्छ ।

जसपाले औपचारिक निर्णय नगरे पनि कांग्रेस र माओवादीले भने अविश्वास प्रस्ताव अगाडि बढाउने तयारी गरेका छन् ।

ठाकुर र महतोले ओलीलाई समर्थन गरे भट्टराई र यादवपक्षले आफूहरुलाई साथ दिने कांग्रेस र माओवादीको विश्वास छ । नयाँ सत्ता समिकरणका लागि जसपा निर्णायक भूमिकामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *