Main News
कोरोना संक्रमित पूर्वराजा र रानीलाई अक्सिजन दिएर उपचार गरिँदै
२०७८ वैशाख १४ गते १६:२६
१४ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमित भई नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना हुनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाहलाई अक्सिजन दिएर उपचार शुरु गरिएको छ ।
उहाँहरु शनिबार दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना हुनुभएको हो । कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जनाएको छ ।
उहाँहरुसँगै अस्पताल भर्ना हुनुभएकी छोरी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालले जनाएको छ।
उहाँहरु तीनै जनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
भारतको हरिद्वारमा भएको कूम्भ मेलामा सहभागी भएर आएपछि उहाँहरुमा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया