Main News

महिला, बालबालिका र जेष्ठ नागरिकमाथि हुन सक्ने हिंसा रोक्न निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १४ गते १५:५८
महिला, बालबालिका र जेष्ठ नागरिकमाथि हुन सक्ने हिंसा रोक्न निर्देशन (भिडियो रिपोर्टसहित)

१४ वैशाख २०७८ काठमाडौं । संंसदीय समितिले निषेधाज्ञामा महिला, बालबालिका र जेष्ठ नागरिकमाथि हिंसा हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गरेको छ ।

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिलको आज बसेको बैठकले निषेधाज्ञामा महिला, बालबालिका तथा जेष्ठ नागरिकमाथि हुने हिंसा कम गर्न बेलैमा प्रबन्ध मिलाउन सरकारलाई निर्देशन हो ।

निषेधाज्ञामा महिला, बालबालिका, जेष्ठ नागरिक, फरक रुपले सवल तथा लैंगिक अल्पसंख्यकमाथि हिंसा हुन सक्ने समितिको बुझाई छ । साथै समितिले लिङ्ग, वर्गमैत्री क्वारेन्टीनको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

बैठकमा समिति सदस्य ध्रुवकुमार शाही नेतृत्वको टोलीले कर्णाली प्रदेशमा महिला, बालबालिका, जेष्ठ नागरिक, पिछडिएको वर्ग र अपाङ्गता सम्बन्धी अवस्था र कानून कार्यान्वयनको बारे गरेको स्थलगत अध्ययनमाथि पनि छलफल भएको छ ।

अध्ययन भ्रमणको बिस्तृत प्रतिवेदन आगामी बैठकमा प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *