Main News
कोरोनाका कारण यो वर्ष पनि बालाजु बाइसधारा मेला स्थगित (भिडियो रिपोर्टसहित)
२०७८ वैशाख १४ गते १३:४८
१४ वैशाख २०७८ काठमाडौं । कोरोना महामारीका कारण यस वर्षपनि बालाजु बाइसधाराको मेला लाग्न सकेन ।
हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका यहाँ मेला लाग्दै आएकोमा लगातार दोस्रो वर्ष मेला स्थगन भएको हो । मेलामा हजारौं भक्तजनहरु आउने र त्यसले कोरोना संक्रमणको जोखिम बढ्ने भएकोले स्थगन गरिएको बाइसधारा उद्यानले जनाएको छ ।
गत वर्ष पनि कोभिड संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले लकडाउन गरेका कारण मेला लाग्न सकेको थिएन् ।
आज केही भक्तजनहरु पूजाआजाका लागि बाइसधारा पुगेको भएपनि उद्यानमा प्रवेश गर्न पूर्ण रुपमा रोक लगाइएको थियो ।
आजको दिन बाइसधारामा स्नान गरी दिवङ्गत आफन्तका नाममा बत्ती बाल्ने परम्परा छ ।
प्रतिक्रिया