Main News

कोरोना संक्रमणबाट बाँके र सुनसरीमा चार जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख १४ गते १३:३७
कोरोना संक्रमणबाट बाँके र सुनसरीमा चार जनाको मृत्यु

१४ वैशाख २०७८ काठमाडौं । बाँके र सुनसरीमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।

बाँकेको नेपालगन्जमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा बाँकेका दुईजना र दाङका एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–३ का २६ वर्षीय पुरुषको नेपालगञ्ज नर्सिङ होमको प्रि–आइसोलेसनमा गए राति मृत्यु भएको हो ।

यस्तै कोहलपुर–१ की ६० वर्षीया महिलाको भेरी अस्पतालमा आज बिहान मृत्यु भएको छ ।

यस्तै दाङको तुल्सीपुरबाट उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भर्ना भएकी ७४ वर्षीया महिलाको पनि आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिनुभयो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ ।

यस्तै कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएका विराटनगरका एक पुरुषको मृत्यु भएको छ ।

गए राति विराटनगर महानगरपालिका– १५ का ५६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । मृतक पुरुषलाई नोबेल मेडिकल कलेजले उपचारका लागि धरान रेफर गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *