Main News

सङ्क्रमण दर धेरै भएका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने सरकारको निर्णय

हिमालय टिभी
२०७८ वैशाख १४ गते ८:५७
सङ्क्रमण दर धेरै भएका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने सरकारको निर्णय

१४ वैशाख २०७८ काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण दर तीव्र गतिमा बढेका जिल्लामा सरकारले १५ दिननिषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रमण दर धेरै भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

त्यसअघि बाँके, बर्दिया, काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका जिल्लामा १ हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय सम्बन्धित जिल्लाबाट भइसकेको थियो । सय जिल्लामा अब यो निषेधाज्ञाको समयावधि मन्त्रिपरिषद्को निर्णयअनुसार १५ दिनसम्म पुग्नेछ ।

काठमाडौँ, भक्तपुर र ललितपुर प्रशासनले पर्सिदेखि वैशाख २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छन् भने बाँके र बर्दियामा गएरातिदेखि नै निषेधाज्ञा जारी भएको छ । कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले महामारीको जोखिममा रहेका क्षेत्रमा निषेधाज्ञा आदेश जारी गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

कोरोनाविरुद्ध निषेधाज्ञा जारी गर्ने जिल्लाको सङ्ख्या हालसम्म ९ पुगेको गृह मन्त्रालयले जनाएको छ । निषेधाज्ञाको आदेश उल्लङ्घन गरेमा सङ्क्रामक रोग ऐनअन्तर्गत कारबाही अघि बढाउन स्थानीय प्रहरी प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिइएको जनाएको छ ।

सार्वजनिक तथा निजी सवारी साधन, खाद्य र स्वास्थ्य सामग्रीबाहेकका व्यवसाय, सबै किसिमका सभा–सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थलले निषेधाज्ञा पालना गर्नुपर्नेछ ।

सैलुन÷ब्युटीपार्लर, जिम खाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, अत्यावश्यकबाहेकका सरकारी र निजी कार्यालयले पनि पालना गर्नुपर्ने सरकारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *