Main News

निषेधाज्ञामा पनि आन्तरिक हवाइ उडान चालु रहने

हिमालय टिभी
२०७८ वैशाख १४ गते ८:१९
निषेधाज्ञामा पनि आन्तरिक हवाइ उडान चालु रहने

१४ वैशाख २०७८ काठमाडौं । सरकारले निषेधाज्ञा जारी गरे पनि आन्तरिक हवाइ उडान चालु राख्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले अहिले जुन मापदण्ड बनेको छ त्यही मापदण्डअनुसार तत्कालका लागि आन्तरिक उडान चालु राख्ने निर्णय गरेको हो ।

कोरोना नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको आइतबार बसेको बैठकले गरेका सिफारिस पनि पारित गरेको छ ।

अन्तर्राष्ट्रिय उडानमा यात्रा गर्नका लागि तोकिएको ल्याबबाट पीसीआर परीक्षणको रिपोर्ट लिनुपर्ने निर्णय भएको छ । सरकारले विदेश जानेका लागि पीसीआर परीक्षण गर्नका लागि ५ ल्याबलाई अनुमति दिएको छ ।

मन्त्रिपरिषद्को बैठकले सीसीएमसीको सिफारिसअनुसार २०० सक्रिय कोरोना संक्रमित भएका पहाडी जिल्लामा निषेधाज्ञा लगाउने र ५०० सय सक्रिय संक्रमित रहेका सहरी क्षेत्रमा पनि निषेधाज्ञा लगाउने निर्णय अनुमोदन गरेको छ ।

बैठकले देशभरका विद्यालय अर्को निर्णय नभएसम्म बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै, सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *