Main News

नागरिकको जीवन रक्षाका लागि सरकारले सबै उपाय अपाउँछः मन्त्री पौडेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १३ गते १५:१०
नागरिकको जीवन रक्षाका लागि सरकारले सबै उपाय अपाउँछः मन्त्री पौडेल (भिडियो रिपोर्टसहित)

१३ वैशाख २०७८ काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना संक्रमणबाट नागरिकको जीवन रक्षाका लागि सरकारले सबै उपाय अपनाएर काम गर्ने बताउनुभएको छ ।

काठमाडौंमा भएको कार्यक्रममा मन्त्री पौडेलले नागरिकको जीवन र जिविकाको रक्षा प्राथमिकताको विषय बनेको बताउनुभयो । यसमा सरकारलाई सहयोग गर्न पनि उहाँले अपील गर्नुभयो ।

नेपालमा कोरोना संक्रमण डरलाग्दो गरी फैलिन सक्ने भन्दै लापरवाही नगर्न मन्त्री पौडेलले सबैलाई आग्रह गर्नुभयो ।

संक्रमण विश्वव्यापी रुपमा फैलिएकाले खोपको आपूर्तिमा पनि चुनौती थपिएको उहाँले बताउनुभयो ।

संक्रमणको अवस्था भयावह हुन सक्ने भन्दै सरकारले दिनहुँजसो लापरवाही नगर्न अपील गर्दै आएको छ । तर सरकारको तयारीमाथि भने नागरिकले प्रश्न उठाइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *