Main News

धादिङमा १८ महिने बालकसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७८ वैशाख १३ गते ९:१७
धादिङमा १८ महिने बालकसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि

१३ वैशाख २०७८ धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा १८ महिने बालकसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गाउँपालिकाका सूचना अधिकारी कृष्ण बहादुर पौडेलका अनुसार नेत्रावती डवजोङ गाउँपालिकाको वडा नम्बर ३ मा २ जना र वडा नम्बर ४ मा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमा १७ जना महिला र २६ जना पुरुष रहेका छन् ।

शुक्रबार गाउँपालिकाको वडा नम्बर ४ का १४ जनामा सङ्क्रमण पुष्टि भएपछि कन्ट्रयाक्ट ट्रेसिङको आधारमा ५२ जनाको स्वाव सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो ।

परीक्षण गरिएकामध्ये शनिबार साँझ ४३ जनाको कोरोना रिपोर्ट पोजिटिभ देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *