Main News

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यको कोरोना जाँच गरिँदै

हिमालय टिभी
२०७८ वैशाख १३ गते ९:०४
कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यको कोरोना जाँच गरिँदै

१३ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूको कोरोना जाँचका लागि आज स्वाब सङ्कलन गरिने भएको छ ।

पार्टी कार्यालय सानेपामा मध्यान्ह् १२ देखि दिउँसो ३ बजेसम्म स्वाब सङ्कलनका समय मिलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य, सचिवालयका कर्मचारी र नेताहरूको सुरक्षामा खटिने सुरक्षाकर्मी गरी २ सयभन्दा बढीको स्वाब सङ्कलन गरिने छ ।

रिपोर्ट आएपछि भोलि वा पर्सिमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी कांग्रेसको छ । हिजो सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले नेताहरूको कोरोना जाँचपछि मात्रै केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *