Main News

कोरोना नियन्त्रणका लागि उपत्यकामा निषेधाज्ञा जारी गर्ने तयारी

हिमालय टिभी
२०७८ वैशाख १३ गते ७:४०
कोरोना नियन्त्रणका लागि उपत्यकामा निषेधाज्ञा जारी गर्ने तयारी

१३ वैशाख २०७८ काठमाडौं । कोभिड–नाइन्टिन प्रकोप नियन्त्रणका लागि काठमाडौंका तीनवटै जिल्लामा निषेधाज्ञा लगाउनेबारे आवश्यक छलफलका लागि प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ ।

कोभिड–नाइन्टिन संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५ सयभन्दा बढी संक्रमित भएका शहरी जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिस गरेको छ ।

काठमाडौंका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ५ सयभन्दा बढी संक्रमित छन् । सीसीएमसीको बैठकपछि आज उपत्यकाका तीन जना प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर निर्णय लिने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

स्थिति भयावह बनिरहेकाले आज छलफल गरेर आवश्यक निर्णय गरिने निरौलाले जानकारी दिनुभयो । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले भने सीसीएमसीको सिफारिसलाई मन्त्रिपरिषदले स्वीकृत गरेपछि मात्रै निर्णय लिने बताउनुभयो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *