Main News

नेपाल–भारत सीमा क्षेत्र नियमन र नियन्त्रण गर्न सरकारलाई सर्वोच्चको आदेश

हिमालय टिभी
२०७८ वैशाख १२ गते १९:०३
नेपाल–भारत सीमा क्षेत्र नियमन र नियन्त्रण गर्न सरकारलाई सर्वोच्चको आदेश

१२ वैशाख २०७८ काठमाडौं । सर्वोच्च अदालतले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्र नियमन र नियन्त्रण गर्न सरकारको नाममा परमादेश जारी गरेको छ।

न्यायाधीश प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासले नेपाल–भारत सीमा क्षेत्रका बारेमा तत्काल कदम चाल्न सरकारका नाममा परमादेश जारी गरेको हो।

सर्वोच्चले नेपाल–भारतको खुल्ला सीमा अनुगमन र नियन्त्रण गर्न र सीमा सुरक्षा गर्नका लागि उचित व्यवस्था गर्न समेत सरकारका नाममा आदेश जारी गरेको छ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले चार वर्ष अघि दायर गरेको रिटमा फैसला सुनाउँदै सर्वोच्चले सीमाका विषयमा सरकारका नाममा परमादेश जारी गरेको हो। सर्वोच्चले नेपाल र भारतबीच भएका सन्धिहरुको पुनरावलोकन गर्न समेत भनेको छ।

सर्वोच्चले हवाई मार्गसँग सडकमार्गको प्रयोग गरेर नेपाल आउनेको समेत अभिलेख राख्न सरकारलाई भनेको छ। नेपाल र भारत दुवै देशले खुला सीमा व्यवस्थापन र नियमन गर्नुपर्ने माग रिटमा गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *