Main News

भोलिदेखि हुने शुरु हुने सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १२ गते १८:५७
भोलिदेखि हुने शुरु हुने सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०७८ काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले भोलिदेखि शुरु हुने सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

सिंहदरबारमा आज बसेको बैठकले भोलिदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको हो ।

यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो । तर परीक्षाका नाममा भिडभाड भएको र कक्षा सञ्चालन भएको भन्दै सीसीएमसीले सबै परीक्षा रोक्ने निर्णय गरेको हो ।

बैठकले दुई सय भन्दा बढी सक्रिय संक्रमित रहेका पहाडी जिल्ला र पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका शहरी तथा तराईका जिल्लामा लकडाउन गर्न सिफारिस गरिएको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले १५ गतेदेखि निषेधाज्ञा गर्नुपर्ने निष्कर्ष सीसीएमसीले निकालेको बताउनुभयो । लकडाउनको जिम्मा स्थानीय प्रशासनलाई दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *