Main News

कोरोना संक्रमणबाट एकैदिन २८ जनाको मृत्यु, ३१२२ जना संक्रमित थपिए

हिमालय टिभी
२०७८ वैशाख १२ गते १६:५६
कोरोना संक्रमणबाट एकैदिन २८ जनाको मृत्यु, ३१२२ जना संक्रमित थपिए

१२ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो पटक थप २८ जनाको मृत्यु भएको छ । यस्तै देशभरमा गरेर थप ३ हजार १ सय २२ जना कोरोना संक्रमण देखिएको छ ।

थपिएका संक्रमित मध्ये काठमाडौँमा १ हजार १ सय ३२ जना छन् । ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ जना गरी १ हजार ४ सय ९८ जना उपत्यकामा मात्रै थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ९ हजार २ सय ९२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ३२ जना र ७ सय ८६ जनाको एन्टीजेन परीक्षण गर्दा ९० जना गरी थप ३ हजार १ सय २२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ पुगेको छ । क्वारेन्टिनमा ६९ जना छन् ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा २ सय ५२ र भेन्टीलेटरमा ६५ जना उपचाररत रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *