Main News

उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक पक्राउ

हिमालय टिभी
२०७८ वैशाख १२ गते १५:१३
उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक पक्राउ

१२ वैशाख २०७८ काठमाडौं । पुनरावेदन अदालत पाटनको आदेश उल्लंघन गर्दै प्रहरीले उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिस तामाङलाई पक्राउ गरेको छ ।

अनलाइनको कार्यालय अनामनगरमा पुगेर प्रहरीले तामाङलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर अपराध अनुसन्धान शाखाको टोलीले तामाङलाई पक्रेको हो ।

पक्राउ पुर्जीमा तामाङलाई विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेको उल्लेख छ।

उज्यालो नेटवर्क अनलाइनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै समाचार छापेको थियो । तर पछि त्यो समाचार पुष्टि नभएको भन्दै अनलाइनले क्षमासमेत मागेको थियो ।

पाटन उच्च अदालतले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ नगर्न प्रहरीका नाममा ९ गते नै आदेश दिएको थियो। तर त्यो आदेश विपरित प्रहरीले आज पक्राउ पुर्जी जारी गरेर तामाङलाई पक्रेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *