Main News

सिंगो पार्टीलाई कोभिड–१९ विरुद्ध केन्द्रित हुन एमाले संस्थापन पक्षको निर्देशन

हिमालय टिभी
२०७८ वैशाख १२ गते १४:२०
सिंगो पार्टीलाई कोभिड–१९ विरुद्ध केन्द्रित हुन एमाले संस्थापन पक्षको निर्देशन

१२ वैशाख २०७८ काठमाडौं । नेकपा(एमाले)ले सिङ्गो पार्टी पंक्तिलाई कोभिड–१९ विरुद्धको लडाइँमा केन्द्रित हुन निर्देशन दिएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले) महाधिवेशन आयोजक कमिटीको बैठकले कोभिड–१९ को संक्रमण बढिरहेको भन्दै यसविरुद्धको लडाइँमा सिङ्गो पार्टी पंक्तिलाई परिचालित हुन निर्देशन दिएको हो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै कमिटीहरुलाई कोभिड–१९ विरुद्धको लडाइँमा क्वारन्टिनहरुको निर्माण गर्न, गाउँगाउँमा जागरण अभियान सञ्चालन गर्न, बिरामीलाई अस्पतालसम्म पु¥याउन सहयोग गर्न स्थानीय तह र जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग मिलेर अभियान चलाउन निर्देशन दिनुभएको पार्टी प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीले विशेष निर्देशन दिनुभएको छ । अब छिटोछिटो आयोजक कमिटीको बैठक बस्न गाह्रो पर्ने भएकाले प्रत्येक केन्द्रीय सदस्यहरु र मातहतका कमिटीहरुले प्रदेश कमिटी, जिल्ला कमिटी र अन्य मातहत कमिटीहरु, जनसङ्गठनहरु, जनप्रतिनिधिहरु सबैले जिल्ला जिल्लामा डेस्कहरु राख्ने, विदेशबाट आएका या संक्रमणका सम्भाव्य जोखिममा रहेका साथीहरुलाई क्वारन्टिनमा राख्ने, क्वारन्टिनहरु बनाउनको निम्ति स्थानीय तहहरुसँग समन्वय गर्ने, गाउँगाउँमा जागरण अभियानहरु सञ्चालन गर्ने, कोही बिरामी हुनुभयो भने उहाँहरुलाई नजिकको अस्पतालसम्म पु¥याउनका निम्ति मद्दत गर्ने र यसमा चाहिँ स्थानीय तह र जिल्लाको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरसँग मिलेर गर्ने अभियान चलाउन सिङ्गो पंक्तिलाई परिचालन हुनको निम्ति विशेष निर्देशन दिने प्रयोजनका लागि आजको बैठक आयोजना गरिएको थियो र प्रधानमन्त्रीले तद्नुरुप नै निर्देशन दिनुभएको छ । साथीहरुलाई तद्नुरुप नै खट्नका लागि भनिएको छ । मुलत्ः सिङ्गो पार्टी एकढिक्का भएर यो कोभिड विरुद्धको लडाइँमा लाग्न केन्द्रीत हुने निर्णय गरेको छ ।’

प्रवक्ता ज्ञवालीले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कोशिस भइरहेको र कर्णालीको जस्तै फ्लोर क्रस गराउने प्रयास भइरहेको भन्दै त्यसबारेमा आवश्यक जानकारी लिइरहेको बताउनुभयो । नेताहरुलाई सोधिएको स्पष्टिकरणको सम्बन्धमा उपयुक्त समयमा निर्णय गरिने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘त्यसको बारेमा पनि अलिकति जानकारी गराउनुभयो प्रधानमन्त्रीले । अस्तिनै बैठकले त्यस बारेमा छलफल गरेर प्रस्ताव तयार गर्नको निम्ति स्थायी कमिटीलाई भनेको हुनाले आवश्यक निर्णय चाहिँ आगामी दिनमा हुँदै जानेछन् । अलिकति स्थितिको हामीले समीक्षा ग¥यौँ । अहिले अविश्वासको प्रस्ताव त्याउने कोशिसहरु पनि भइरहेको छ । प्रतिपक्षले ल्याउने कुरा त धेरै ठुलो कुरा भएन । तर कर्णालीको जस्तै विभिन्न ठाउँमा फ्लोर क्रसहरु गराउन पनि प्रयासहरु हुँदै गरेका त्यस्ता प्रयासहरु पनि छन्, तिनीहरुको बारेमा हामीले आवश्यक जानकारीहरु लिइरहेका छौँ आवश्यक निर्णयहरु पछाडी उपयुक्त समयमा गरिनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *