Main News

ओलीविरुद्ध नेपाली समूहद्वारा दायर मुद्दाको सुनुवाइ आज

हिमालय टिभी
२०७८ वैशाख १२ गते १३:१४
ओलीविरुद्ध नेपाली समूहद्वारा दायर मुद्दाको सुनुवाइ आज

१२ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका चार जना सांसदले दायर गरेको अध्यक्ष केपी ओलीविरुद्धको रिटमा आज सुनुवाई हुँदैछ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी तोकिएको छ। तर ३०औँ नम्बरमा पेशी राखिएकाले आज सुनुवाइको सम्भावना भने कम देखिएको छ।

नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले आफूहरुलाई थप कारबाही गर्न लागेको भन्दै वारेसमार्फत बिहीबार अध्यक्ष ओली विरुद्ध रिट निवेदन दर्ता गर्नुभएको थियो ।

यी चारै नेतालाई ओलीले ६ महिनाका लागि निलम्बन गर्नुभएको छ । सांसदबाट समेत निष्काशन गर्न लागिएको भन्दै नेताहरु सर्वोच्च पुगेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *