Main News

चितवन र तनहुँ जोड्ने पुल भत्किँदा एक जनाको मृत्यु, दुई जना मजदुर बेपत्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १२ गते १३:०८
चितवन र तनहुँ जोड्ने पुल भत्किँदा एक जनाको मृत्यु, दुई जना मजदुर बेपत्ता (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०७८ चितवन । चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल फेरि भत्किंदा एक जनाको मृत्यु भएको छ । २ जना मजदूर त्रिशूली नदीमा बेपत्ता भएका छन् । ८ जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरामा देवघाट जोड्ने निर्माणाधीन पुलमा काम गर्दै गरेका भारतीय नागरिक ४३ वर्षीय विजय यादवको मृत्यु भएको हो ।

यादवको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । बेपत्ता श्याम पाठक र सुजित माझिको बिपद ब्यबस्थापन गण रसौलीको सेनाको टोलि र शसस्त्र प्रहरीको गोतोखोर टोलिले खोजी गरिरहेको छ ।

घाइते ८ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । निर्माणाधीन केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको थियो । पुल भाँचिएको विषयमा अध्ययन गर्न गठित समितिले अहिलेसम्म प्रतिवेदन बुझाएको छैन ।

निर्माणस्थलमा ईन्जिनियर खटाउन आग्रह गर्दा पनि सडक विभागले अटेर गरेको उपभोक्ता समितिको गुनासो छ । विभागकै लापरबाहीका कारण पुल भत्किएको समितिको आरोप छ ।

ठिमुरा र देवघाट गाउँपालिका वडा नम्बर ५ घिनाटार जोड्ने ८ दशमलब ५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *