Main News

ठमेलका व्यवसायीलाई कोरोनाविरुद्धको खोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ११ गते १९:३५
ठमेलका व्यवसायीलाई कोरोनाविरुद्धको खोप (भिडियो रिपोर्टसहित)

११ वैशाख २०७८ काठमाडौं । सरकारले ठमेल क्षेत्रका व्यवसायीका लागि कोरोना विरूद्धको १० हजार डोज खोप उपलब्ध गराएको छ ।

ठमेल पर्यटन विकास परिषद्को आग्रहमा नेपाल सरकारले १० हजार खोप उपलब्ध गराएपछि व्यवसायीले खोप लगाउन पाएका छन् ।

ठमेल क्षेत्रका सूचीकृत कम्पनी, घरधनी र कम्पनीका कर्मचारीहरु मध्ये ९५ प्रतिशतले खोप लगाईसकेको र अब व्यवसाय गर्न सहज हुने परिषदले जनाएको छ ।

चीन सरकारले नेपाललाई उपलब्ध गराएको भेरोसेल खोप ठमेल क्षेत्रका व्यवसायीहरुले लगाएका हुन् ।

काठमाडौंको पर्यटनको केन्द्र मानिने ठमेल क्षेत्रका सबैले खोप लगाएको हुँदा ठमेलमा कोरोना संक्रमणको जोखिम कम भएको सन्देश दिन खोजेको परिषद्ले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *