Main News

२६१८ जना कोरोना संक्रमित थपिए, उपत्यकामा सबैभन्दा धेरै, थप १४ जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख ११ गते १६:५५
२६१८ जना कोरोना संक्रमित थपिए, उपत्यकामा सबैभन्दा धेरै, थप १४ जनाको मृत्यु

११ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलालयले पछिल्लो पटक कोरोना संक्रमणबाट थप १४ जनाको ज्यान गएको जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ सय ३६ पुगेको छ ।

पछिल्लो पटक थप २६ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४ सय ८६ जनाको र सीमा नाकामा ११ सय ४३ जनाको एन्टिजेन टेष्टमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । मन्त्रालयका अनुसार आज ६० जना १० वर्षमुनिका बालबालिका छन् । हाल देशभर १६ हजार ८२८ संक्रिय संक्रमित छन् ।

ती मध्ये काठमाडौं उपत्यकामा ९ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौंमा ६ सय ४४, भक्तपुरमा १३३ र ललितपुरमा १४१ जनामा संक्रमण देखिएको छ ।

काठमाडौंपछि सबैभन्दा धेरै बाँकेमा ३ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक संक्रमणमुक्त हुनेको संख्या भने ३ सय ६८ मात्रै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *