Main News

कोरोना संक्रमित पूर्व राजा ज्ञानेन्द्रको परिवार अस्पताल भर्ना

हिमालय टिभी
२०७८ वैशाख ११ गते १४:१४
कोरोना संक्रमित पूर्व राजा ज्ञानेन्द्रको परिवार अस्पताल भर्ना

११ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार अस्पताल भर्ना भएको छ ।

पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाह र छोरी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो ।

भारतको हरिद्वारमा भएको कूम्भ मेलाबाट फर्केलगत्तै उहाँहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उहाँहरुको उपचारमा संलग्न चिकित्सकहरुको अनुसार तीनैज नाको अवस्था स्थिर र सामान्य रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *