Main News

०७२ मा भूकम्पले ढालेको धरहरा फेरि ठडियो, यसरी गरियो उद्घाटन

हिमालय टिभी
२०७८ वैशाख ११ गते १३:१४
०७२ मा भूकम्पले ढालेको धरहरा फेरि ठडियो, यसरी गरियो उद्घाटन

११ वैशाख २०७८ काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माण गरिएको धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।

आज एक समारोहकाबीच पुनर्निर्मित धरहराको प्रवेशद्धारमा राखिएको शिलालेखको प्रधानमन्त्रीले अनावरण गरी ऐतिहासिक धरहराको उद्घाटन गर्नुभएको हो । त्यसपछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औ तलामा पुगेर पुष्पपृष्टि गर्नुभएको थियो ।

२०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते “मेरो धरहरा मै बनाउँछु” अभियानको घोषणा गर्नुभएको थियो ।

२०७५ साल पुस ५ गते प्रधानमन्त्री ओलीबाट नै सिलन्याश गरिएको पुनर्निर्मित धरहराको आज प्रधानमन्त्री ओलीबाटै उद्घाटन भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा पुनर्निर्मित धरहराका लागि ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का दिइएको थियो । धरहराको २२ औै तलामा पुरानो धरहराबाट निकालिएको पुरानो शिवलिंङ्ग राखिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले धरहरा निर्माण एउटा रुपान्तरण पनि भएको बताउनुभयो । यसअघि धरहरा ऐतिहासिक पहिचानका रुपमा चिनिएकोमा अब भने पहिचानसहितको स्पेसबाट प्लेस बनाएकाले सामाजिक रुपान्तरण पनि भएको बताउनुभयो ।

९० सालको विनाशकारी भूकम्पले क्षति पुराएपछि ११ तले धरहरा ९ तलामा सीमिति भएको थियो । त्यसपछि ९ तलामा नै सीमित राखेर पुनर्निर्माण गरिएको थियो । तर अहिले भने बाहिरबाट देखिँदा ११ तले रहेपनि भित्र २२ तला रहेको छ । त्यसमा २ वटा लिफ्ट राखिएको छ ।

जमिन मुनि २ तला बनाईएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्राम स्थलसहितको बगैचाको हुनेछ भने संक्षित ऐतिहासिक सुन्धारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाइएको छ । त्यसैगरी ४ सय गाडी र ७ सय मोटरसाइकल पार्किङको पनि व्यवस्था छ । धरहराको पुनर्निर्माणमा मैलिकताको सम्बर्द्धन गर्दै आधुनिकताको प्रचुर प्रयोग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *