Main News

चट्याङमा परेर विभिन्न चार जिल्लामा चार जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख १० गते १६:५५
चट्याङमा परेर विभिन्न चार जिल्लामा चार जनाको मृत्यु

१० वैशाख २०७८ काठमाडौं । चट्याङ लागेर मोरङ, खोटाङ, भोजपुर र रौतहटमा चार जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चार जना घाइते भएको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार चट्याङ लागेर मोरङको कानेपोखरी गाउँपालिका (२ दलेलीकी ४३ वर्षीया महिलाको मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पतालमा मृत्यु भएको छ ।

यसैगरी खोटाङ्गको दिप्रुङ चुइचुम्मा गाउँपालिका ६ का ६९ वर्षीय पुरुषको घरमै मृत्यु भएको छ ।

त्यस्तै भोजपुरको आमचोक गाउँपालिका ९ दुम्वानाका १२ वर्षीय बालकको उपचारका क्रममा विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको छ । यस्तै रौतहटको गुजरा नगरपालिका ८ जैयराजपुरमा चट्याङ्ग लागी सोही ठाउँका ४० वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै चट्याङ लागेर ओखलढुंगामा दुई जना घाइते भएका छन् भने सल्यानमा एक र भोजपुरमा एकजना घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *