Main News

भूकम्पले क्षति पुर्‍याएको स्वयम्भूस्थित महाचैत्य पुनर्निर्माण पूरा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १० गते १५:२३
भूकम्पले क्षति पुर्‍याएको स्वयम्भूस्थित महाचैत्य पुनर्निर्माण पूरा (भिडियो रिपोर्टसहित)

१० वैशाख २०७८ काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त स्वयम्भू महाचैत्य परिसरमा रहेको कर्मराज महाविहारको पुनर्निर्माण पूरा भएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष एवं स्वयम्भू पुनर्निर्माण समितिका अध्यक्ष ईश्वरमान डङ्गोलले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्य परिसरमा रहेको कर्मराज महाविहार र स्वयम्भूका पूजारी बुद्धाचार्य परिवारका १७ वटा घरहरुको पुनर्निर्माण सकिएको जानकारी दिनुभयो ।

यस कार्यको लागि कर्मराज महाविहारका १७ औं अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेले आर्थिक सहयोग गर्नुभएको छ। स्वयम्भू परिरसरमा सदियौंदेखि बसोबास गर्दै आएका बुद्धाचार्य पूजारी परिवारका १७ वटा घरलाई हाउस पुलिङ प्रणालीबाट एकै ठाउँमा ल्याई एउटै आकारमा पुरातत्व विभागको मापदण्ड अनुसार मौलिक शैलीमा निर्माण गरिएको छ ।

पुनर्निर्माण भएको महाविहार र घरहरु बैशाख १३ गते सोमबारका दिन सम्बन्धित महाविहार र घरधनीहरुलाई हस्तान्तरण हुने अध्यक्ष डङ्गोलले बताउनुभयो । २०७५ पुस ३० गते आरम्भ भएको पुननिर्माण करिब २ वर्षको अवधिमा पूरा भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *