Main News

अध्यक्ष ओलीद्वारा नेपाल–खनाल पक्षलाई हटाएर एकलौटी स्थायी समिति गठन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १० गते १५:०८
अध्यक्ष ओलीद्वारा नेपाल–खनाल पक्षलाई हटाएर एकलौटी स्थायी समिति गठन (भिडियो रिपोर्टसहित)

१० वैशाख २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल–खनाल पक्षलाई हटाएर स्थायी समिति गठन गर्नुभएको छ ।

एमाले संस्थापन पक्षको दशौं महाधिवशेन आयोजक कमिटीको बैठकले १९ सदस्यीय स्थायी समिति गठन गरेको हो । नेपाल–खनाल पक्षलाई बाहिर राखे पनि अध्यक्ष ओलीले आफूलाई साथ दिने पूर्व माओवादी नेताहरुलाई राख्नुभएको छ ।

अर्का नेता वामदेव गौतमलाई पनि स्थायी समितिमा राखिएको छ ।

नेकपा विभाजनपछि केपी ओली पक्षमा रहेका स्थायी समिति सदस्यलाई नै एमालेको स्थायी समितिमा रुपान्तरण गरिएको छ ।

पार्टी विभाजनमा साथ दिएका तत्कालीन माओवादीका चार जनालाई त्यसमा थपिएको छ । स्थायी समितिमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी,सत्यनारायण मण्डल हुनुहुन्छ ।

यस्तै विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, किरण गुरुङ, केशव बडाल, मणि थापा र पुष्पराज कँडेललाई पनि स्थायी समितिमा राखिएको छ । स्थायी समितिमा एक जना पनि महिला छैनन ।

पहिले स्थायी समितिमा रहेकी अष्टलक्ष्मी शाक्यलाई हटाइएको छ । शाक्य नेपाल खनाल पक्षमा हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *