Main News

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १० गते १४:३२
राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग (भिडियो रिपोर्टसहित)

१० वैशाख २०७८ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नुभएको छ ।

हिमालय टेलिभिजनसँग संक्षिप्त कुराकानी गर्दै केसीले ओलीले राजीनामा दिएर वामपन्थी सरकार बनाउनुपर्नेमा जोड दिनुभयो । राजनीतिक संकट समाधानका लागि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने केसीको मत छ ।

अहिलेको संकट ओलीकै कारणले आएको र संसद विघटनको प्रतिगामी कदमपछि प्रधानमन्त्री ओली पदमा बस्न नमिल्ने बताउनुभयो ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर बन्ने सरकारले पनि मुलुकको हितमा काम गर्न नसक्ने केसीको विश्वास छ । तर ओलीको ठाउँमा नयाँ बन्ने सरकारमा आफ्नो पार्टी नजाने पनि केसीले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *