Main News

नेपालगञ्जमा कोरोना नियन्त्रण बाहिर जाने स्थिति, उपचारमा रकम अभाव भएको महानगरको प्रष्टिकरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १० गते १४:१९
नेपालगञ्जमा कोरोना नियन्त्रण बाहिर जाने स्थिति, उपचारमा रकम अभाव भएको महानगरको प्रष्टिकरण (भिडियो रिपोर्टसहित)

१० वैशाख २०७८ बाँके । कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएर नेपालगन्जको स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेको छ ।

नेपालगन्जमा मात्रै सक्रिय संक्रमितको संख्या ८ सय नाघेको छ । संक्रमितहरुको संख्या बढेसंगै भेरी अस्पतालमा कोरोनाका लागि छुट्टयाइएको १ सय ४२ बेड भरिएको छ ।

गम्भीर संक्रमितले समेत बेड नपाउने अवस्था आएको भन्दै भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा र कोभिड वार्डकी प्रमुख नर्सिङ अधिकृत शिला शर्माले फेसबुकमा स्टाटस लेखेर सरोकारवाला निकायको ध्यानाकर्षण गर्नुभएको छ । ४(५ जना स्टाफ नर्सले एक सय जनाभन्दा बढी संक्रमितको हेरचाहा र उपचार गर्नु पर्ने बाध्यता छ ।

सबै बेड भरिएका कारण संक्रमणमा परेका अस्पताल कै चिकित्सक र नर्सहरुले समेत बेड नपाउने अवस्था आएको छ ।

नेपालगन्जको भयावह अवस्था लाई नियन्त्ररणमा लिन नेपाल सरकारले तत्कालै थप जनशक्तिसहितको स्पेशल टोली खटाउनुपर्ने अवस्था आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

भेरी अस्पतालले ४० जना स्टाफ नर्ससहित करिब १ सय जन जनशक्ति तत्कालै उपलब्ध गराइदिन संघीय र प्रदेश सरकारलाई आग्रह गरेको हप्तौ बितिसक्दा पनि जनशक्तिको व्यवस्थापन हुन सकेको छैन ।

यसैबीच नेपालगञ्ज उपमहागरपालिकाका मेयर धवलशमशेर राणाले कोरोना संक्रमितका लागि रकमको अभाव भएको बताउनुभएकोछ ।

मेयर राणाले नयाँ बेड व्यवस्थापन र भइरहेका बेडका बिरामीको उपचारका लागि पैसाको अभाव भएको बताउनुभयो ।

प्रदेश र संघीय सरकारबाट कुनै रकम निकासा नभएको र बाँकेका स्थानीय तहबाट उठेको कर पनि अर्थमन्त्रालय र कोष तथा लेखा नियन्त्रण कार्यालयले रोकिदिएको मेयर राणाले बताउनुभयो । उहाँले पैसाको अभावमा उपचार नपाएर मान्छे मर्ने स्थिति आएको बताउनुभयो ।

नेपालगञ्जका मेयर राणाले बाँकेका स्थानीय तहले आइसोलेशन सेन्टर बनाए पनि त्यसले धेरै दिन नधान्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *